सरकारले अध्यादेश ल्याएर कालोबजारी गर्ने छुट दियो : अध्यक्ष सिंह
२०८१ माघ ९ गते बुधवार
- सिमेन्ट उत्पादन तथा बजार मूल्य सम्बन्धमा भएको छलफलमा उनले सरकारले अत्यन्तै सिमेन्टको मूल्य वृद्धि गरेकोमा आपत्ति जनाउँदै त्यहीमाथि अध्यादेश ल्याएर कालोबजारी गर्ने छुट दिएको आरोप लगाएका हुन् ।
काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिहंले सरकारले अध्यादेश ल्याएर कालोबजारी गर्ने छुट दिएको आरोप लगाएका छन् ।
बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सिमेन्ट उत्पादन तथा बजार मूल्य सम्बन्धमा भएको छलफलमा उनले सरकारले अत्यन्तै सिमेन्टको मूल्य वृद्धि गरेकोमा आपत्ति जनाउँदै त्यहीमाथि अध्यादेश ल्याएर कालोबजारी गर्ने छुट दिएको आरोप लगाएका हुन् ।
उनले भने,‘राज्यले उद्योगको संरक्षण गर्नुपर्छ यो कुरामा हाम्रो सहमति छ । उद्योगीहरुले आफूले उत्पादन गरेको उत्पादन मूल्यको निश्चित प्रतिशत नाफा लिन्छ , अहिले त भन्न मिलेर कालोबजारी , हिजोसम्म भन्थ्यौं हामीले कालोबजारी अहिले त सरकारले विधेयक लिएर आएर कालोबजारी गर्ने छुट दिएको छ । आज अत्यन्तै सिमेन्टको मूल्य वृद्धि भयो तर उत्पादन कटौती गरेर । अहिले सिमेन्ट प्राप्त गर्ने अवस्था पनि रहेन् । हामीले दोव्बर वृद्धि खेपेका नै छौं ।’
त्यस्तै उनले उद्योग मन्त्रीको सचिवालयबाट र मन्त्रालयबाट पेसागत संगठन गर्ने काम भएको भन्दै आक्रोश पोखे ।
उनले भने,‘उद्योग मन्त्रीको सचिवालयबाट मन्त्रालयबाट यो किसिमको पेसागत संगठन गर्ने । २४ हजार निर्माण व्यवसायीको छाता संगठन निर्माण व्यवसायी महासंघलाई एकातिर राखेर पेसागत संगठन गर्ने एमाले, कांग्रेस, माओवादी राप्रपाको संगठनलाई चाँही बोलाएर छलफल गराएर महासंघले २७ गते गरेको भेलाको म्यानडेडको विपरित छ यो ।’
त्यस्तै सांसद अमरेश कुमार सिंहले सरकारले जनतालाई मारमा पारेर राजस्व उठाउन खोजेको बताए ।
उनले भने, ‘मन्त्री क्वाटर बनाउको लागि भ्रष्टाचार गर्नको लागि भ्याट बढाउन मूल्य बढाएको छ । सरकारले जनतालाई मारमा पारेर राजस्व उठाउन खोजेको छ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’